काठमाडौं। नेपाल टेलिकमले चालु आर्थिक वर्षमा दुई अर्बभन्दा बढी नाफा कमाएको छ । शुक्रबार प्रकाशित चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमाससम्मको वित्तीय विवरणमा सो कुरा उल्लेख गरेकोछ ।
सो वित्तीय विवरण अनुसार उक्त अवधिमा कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य घटेको छ।
चालू आवको उक्त अवधिसम्मा कम्पनीले २ अर्ब २ करोड ७४ लाख रुपैयाँ खुद नाफा गरेको छ।
यो गत आवको सोही अवधिको तुलनामा ८.९० प्रतिशतले कम टेलिकमले जनाएको छ ।
त्यस्तै गत आवको असोज मसान्तसम्ममा कम्पनीले २ अर्ब २२ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। नेपाल टेलिकम ले अर्बौमा नाफा कमाऊने तर आम नेपालि जनताले फोन र ईन्टरनेटमा महंगो शुल्क तिर्नु पर्ने अवस्थाबाट मुक्ति भने कहिले पाईनेहो थाहा छैन । रेमिटान्सबाट देश चलेको भन्ने प्रचार प्रसार गर्ने प्रवचन दिने सरकारले आफ्नो ज्यान प्राणलाई नै दाउमा लगाई ५०/५५ डिगरि सम्मको गर्मिमा पनि परिश्रम गरेर नेपाल सरकारलाई नै चलाऊने ति रेमिटान्स पठाँऊने साहसी सपुतहरु र देशमै रहेका उनका परिवारको सदस्यसंग कुराकानी का लागि सस्तो मा ईन्टरनेट सेवा को व्यवस्था का लागि देशका ठुल्ठाला नेता तथा मंत्रि को ध्यान कहिले जाला खोई थाहा भएन ।
