सरकार को कलम ,बंदुक र सरकारी पैसाको बलमा शासन सत्ता टिक्दैन हिजोको दिनमा नेपालि जनताले आफ्नै तागत ले व्यवस्था परिवर्तन गरेर देखाएकै हो ।देशमा कुनै समय राजतन्त्र हुदाँ को बखत राजाका केहि प्रतिनिधिहरु र सेनाका केहि व्यक्तिहरुको यस्तै खाले बोलि व्यवहार र हर्कतले आम सर्वसाधारण जनताहरु स्वस्फुर्त रुपले राजतंन्त्रको बिरुद्धमा सडकमा उत्रियको ईतिहास हामि सबै मा सर्वबिधित नै सबैमा छ । राजतंन्त्रात्मक व्यवस्था छदा देशमा हालको जस्तो छाडा साशन सत्ता र छाडा नेता मंन्त्रिहरु पनि थिएन्न तर अहिले देशको हरेक क्षेत्रमा लापरवाही खुल्लम खुल्ला भ्रष्टाचार अनियमितता दादागिरि सरकारी सत्ता र शक्तिको दुरुपयोग र देशको विभिन्न ठुल ठुल्ला भ्रष्टाचार घोटाला र काण्डहरुमा षिर्शस्त नेता मंन्त्रि र तिनका परिवारका सदस्यहरुको संलगन्ता र छ्याप छ्याप्ति सामाजिक संजालहरुमा भएको प्रमाण को बाबजुद पनि काहीँ केही कार्यवाही नहुनु र त्यसता नेताहरु कै हातमा राजनैतिक भागबण्डा का कारण देशको नेतृत्व हुने वातावरणले देशको ठुलो हिस्सा युवा लगायत स्वतन्त्र जनता हालको व्यवस्था र हालका राजनैतिक पार्टी नेताहरु संग आफ्नो संबन्ध टाडा राख्न खोजिरहेको देखिन्छ । हरेक क्षेत्रको कामकाज र व्यवहार हेर्दा जन चाहना जन भावना जन ईच्छा जन अपेच्छा बिपरित हुनु जुन चाहना र उदेश्यका साथ नेपाल मा शासकिय व्यवस्था नै परिवर्तन भएको थियो त्यस अनुरुप हुन सकेन । देशले केही नयाँ नौलो र जनताको जिवनमा केहि आमुल परिवर्तन हुन्छकी भन्ने पनी भएन झन झन देशको आर्थीक सामाजिक राजनैतिक सम्पूर्ण अवस्था नाजुक हुदै गईरहेको छ देश भित्र नै जनता जनता मा जातिय धार्मिक सामाजिक राजनैतिक तवरले आन्तरिक गृह युद्धको संकेत नै देखा परेको छ राष्ट्रिय स्तरमै सबै भन्दा ठुलो समस्या नै महंगी बेरोजगारी भ्रष्टाचार आतंक अपराध दलाली कमिसनखोरी नाताबाद जातीबाद मौलाउदै गईरहेको छ एऊटै व्यक्ति र उसकै परिवारकै सदस्य ले आजिवन सरकारी सेवा सुभिधा र ठुल ठुला ओहदा पद लिनुपर्ने जति सुकै अयोग्य अकर्मण्य असक्षम भएपनि आजिव र उसको मृत्यु पश्चयात उसकै बंशको हातमा नेतृत्व को परम्परा ले देश बर्वादीको यात्रामा अगाडी बढीसकेको छ । देशको हितको लागि कसैले सत्य बोल्न खोजयो र उसको भाषा शब्द केहि नेताहरुलाई मन परेन भने प्रतिसोध मै ति व्यक्तिलाई सरकारी सत्ता शक्ति प्रयोग गरि सिद्धयाउने वातावरले देशमा बिक्राल अवस्था को सृजना हुने डर पनि छ ।
भ्रष्टाचारको मुद्दामा आरोपितलाई जेलमा कोचिएको छ, दोषीलाई छाड्ने नीति छैन : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचारमा संलग्नलाई सरकारले धमाधम कारबाही गरिरहेको बताए । रोल्पाको लिवाङमा २०८०/०७/२४ शुक्रबार आयोजित जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले उक्त धारणा राखेका हुन् ।
भ्रष्टाचारमा लागेकालाई मेरो नेतृत्वको सरकारले कारबाही गर्दै आएको छ,’ प्रधानमन्त्रीले भने, ‘भ्रष्टाचारको मुद्दामा आरोपितलाई जेलमा कोचिएको छ । दोषीलाई छाड्ने नीति छैन ।’
उनले नक्कली भुटानी शरणार्थी बनाउने घृणित कार्यलाई रोक्न सरकार भित्रैदेखि लागेको समेत बताए । यस्तै ललिता निवास काण्ड र सुन काण्ड समेतमा आरोपितलाई बयान लिने र छानबिन गर्ने कार्यलाई अघि बढाइएको उनको स्पष्टीकरण छ । प्रधामंत्रिले आफ्ना हरेक स्थानको आयोजित कार्यक्रमहरुमा आफुलाई भ्रष्टाचार र भ्रष्टाचारीहरु मन नपर्ने भ्रष्टाचार बिरुद्धको लडाई लड्ने ईमानदार योद्धा भएको भनि प्रमाणित गर्न जनताले रुचाउने सुन्न चाहने शब्दहरप पटक पटक बोलिरहदा नेपाल प्रहरि र सामाजिक संजाल मै प्रशस्त मात्रामा दर्जनौ नेता मंत्रिहरु को आवाज को अडियो र प्रमाणहरु हुदाँ हुदैपनी आज सम्म कुनै पनि किसिमको कार्यवाही नहुनु ले हालको अवस्था र देशको व्यवस्था माथिनै प्रश्नन चिन्ह लागनु स्वभाविक नै हो । ठुला ले जस्तो सुकै अपराधीक कार्य गतिविधी गरे पनी ठुलबडा नेता र उनका परिवारलाई संबिधान र कानुन ले केहि गर्न नस्कने तर त्यस्तै प्रकृती र प्रविर्तीको घटना आम जनताबाट भएमा २/४ घण्टा भित्रमै हिरासत मा हुनु ले आम जनता र हालको व्यवस्था प्रती सोचन बाद्धय भयको छ ।नेता वा उनका परिवारका सदस्यहरु बाट ठुल्ल ठुला अपराध होस या कुनै समस्या देखा पर्ना साथ आफु अनुकुल कानुन र संबिधान समेत संशोधन गरि समेत बचाउने जस्ता हर्कत ले देश कता जादै छ भन्ने अनुमान कसैले गर्न सकेका छैन र सबैले आ-आफनो भविष्य को बारेमा चिंतित छन देशबाट अन्य मुलुक तिरको गन्तव्य खोजिमा लागेका छन दिनानुदिन युवाहरुको पलायन भैरहेको छ । शिक्षा,स्वास्थय,कलकारखाना,उद्धोग धन्दा सबै समाप्त भै रहेको छ बन्द भै रहेको छ