तितो सत्य

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संक्रमणकालिन न्यायसम्बन्धी विधेयकमा दलहरू मात्रै मिलेर नपुग्ने बताएका छन् । उनले सो विधेयकमा पीडित पक्ष र अधिकारकर्मीहरुलाई समेत सहमत गराएर मात्रै राजनीतिक दलहरुले टुंगोमा पुयाउन सक्ने बताए । बुधबार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले काठमाडौंमा गरेको कार्यक्रममा उनले सो विधेयकलाई निरन्तर छलफल गरेर टुंगोमा पुऱ्याउने काममा दलहरु आफैँ जिम्मेवार नदेखिएको भन्दै असन्तुष्टि पोखे । अध्यक्ष तिमिल्सिनाले सो विधेयक बनाउँदा गम्भीर अपराधमा संलग्नहरुलाई आममाफी दिनु गलत हुने धारणा राखे । ‘हामी दलीय प्रणालीमा छौं । दलबाट सांसदहरु निर्वाचित हुनुभएको छ । दलको निर्देशन, ह्वीप लाग्ने हुन्छ । ह्वीप त त्यसै कडा हुन्छ । अनि…

Read More

काठमाडौं- १९ वर्ष मुनिको पुरुष एसिया कप क्रिकेटमा नेपालले समूह चरणमा भारत र पाकिस्तानको सामना गर्ने भएको छ । एसियन क्रिकेट परिषद (एसीसी) ले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपाल भारत र पाकिस्तान रहेको समूह ‘ए’ मा परेको छ । समूह ‘ए’ मा नेपाल, भारत, पाकिस्तान र आफगानिस्तान छन् । यस्तै, समूह ‘बी’ मा बंगलादेश, श्रीलंका, यूएई र जापान छन्। एसिया कपको आगामी ८ डिसेम्बरदेखि संयुक्त अरब ईमिरेट्स (यूएई) मा हुँदैछ । नेपालले पहिलो खेल ८ डिसेम्बरमा नै पाकिस्तानसँग खेल्नेछ । दोस्रो खेलमा नेपालले अफगानिस्तानसँग १० डिसेम्बरमा खेल्ने छ । तेस्रो तथा समूह चरणको अन्तिम खेल १२ डिसेम्बरमा नेपालले भारतसँग…

Read More

बुधबार, कात्तिक २२, २०८० सप्तरी- थ्रिनटथ्री राइफलको गोली र लागु औषधसहित सप्तरी प्रहरीले २ जनालाई पक्राउ गरेको छ। खडक नगरपालिका-११ बनौलीबाट थ्रिनटथ्री राइफलको गोली ५ राउण्ड, अवैध लागुऔषध गाँजा करिब २० ग्राम र नियन्त्रित लागु औषध नाइट्राभेट २ ट्याब्लेटसहित २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–२ बस्ने १९ वर्षीय धर्मजित कुमार यादव र सप्तरी खडक नगरपालिका-११ बनौली बस्ने १८ वर्षीय किशोर रहेका छन्। इलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरीले धर्मजितलाई ५ राउण्ड गोली र किशोरलाई लागूऔषधसहित पक्राउ गरेको हो ।

Read More

रौतहट- रौतहटमा बम विस्फोट गरी सामूहिक नरसंहार मच्चाएको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमको मुद्दामा अन्तिम सुनुवाइ सुरु भएको छ । रौतहट जिल्ला अदालतले आलमको मुद्दामा फैसला केन्द्रित सुनुवाइ सुरु गरेको हो । जिल्ला न्यायाधीश बाबुकाजी बानियाको इजलासमा इजलास चलिरहेको छ। आइतबारदेखि आलमको मुद्दामा अन्तिम बहस सुरु भएको हो । सुरुमा पीडितका तर्फबाट बहस भएको थियो । मंगलबार सरकारी पक्षले पनि बहस थालेको छ । वुधबार सरकारी पक्षको बहस सकिने जनाइएको छ । सरकारी पक्षको बहस सकिए जवाफी बहस सकेर फैसला सुनाउने अदालतको तयारी छ ।जिल्ला अदालत रौतहटका स्स्रेस्तेदार उद्धव ढोडारीले केही दिनदेखि उक्त मुद्दामा…

Read More

काठमाडौं- काठमाडौं महानगरपालिका- ११ थापाथलीस्थित सडक पेटीमा एक व्यक्ति मृत भेटिएका छन्। मृत भेटिनेमा रौतहट चन्द्रपुर नगरपालिका-२ वेताउना घर भएका ३५ वर्षीय नारायण राम छन्।

Read More

सरकारले जाजरकोट भूकम्पका पीडितलाई सहयोग गर्न कर्मचारीको तलब कट्टा गर्ने निर्णय गरेको छ । क्याबिनेटको निर्णयपछि विशिष्ट तथा प्रथम श्रेणीका कर्मचारीबाट ३ दिन, अधिकृतस्तरका कर्मचारीबाट २ दिन तथा सहायकस्तर एवम् अन्य सबै कर्मचारीहरुबाट १ दिन बराबरको तलब भूकम्प पीडितहरुलाई प्रदान गर्ने निर्णय गरेको हो । उक्त सहायता राष्ट्रिय वाणिज्य बैंकमा रहेको खाता नं. ११३०१००००३७६२००१ (PM DAIBI PRAKOP UDAR KOSH: 1130100003762001) मा जम्मा गरी सोको भौचर प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका आर्थिक शाखा प्रमुख सूर्यबहादुर भण्डारीलाई पठाउने पनि कर्मचारीहरुलाई आग्रह गरिएको छ । त्यस्तै राहत र पुनस्र्थापनाको समन्वयको जिम्मा सोही कार्यालयका सचिव मणिराम गेलाललाई दिइएको छ ।

Read More

काठमाडौं । गाजा क्षेत्रमा हमासविरुद्ध प्रतिआक्रमण गरिरहेको इजरायलले राष्ट्रसंघको बारम्बारको आग्रह र अमेरिकालगायत अन्तर्राष्ट्रिय दबाबका बाबजुद पनि गाजामा युद्धविराम नगर्ने अडान लिएको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकाको न्युज च्यानल एबीसीलाई सोमबार दिनुभएको अन्तरवार्तामा हमाससँग युद्धविरामको सम्भावनालाई ठाडै अस्वीकार गर्नुभएको हो । हमासले बन्धक बनाएकाहरूको रिहा नभएसम्म कुनै पनि हालतमा इजरायलले युद्धविराम नगर्ने बताउँदै उहाँले तर आपत्कालीन राहतका लागि भने केहीबेर युद्ध रोक्न सकिने बताउनुभयो । अन्तरवार्ताका क्रममा उहाँले भन्नुभयो– ‘त्यहाँको अवस्था हेरी आपत्कालीन मानवीय सहायता गाजामा पठाउन र त्यहाँ हमासले बन्धक बनाएकाहरूको सहज बहिर्गमनका लागि हामी एक या दुई घण्टा युद्ध रोक्न सक्छौं । यस्तो काम हामीले पहिला…

Read More

काठमाडौं । वर्तमान राज्य व्यवस्थामाथि चुनौती बढेको निष्कर्षसहित १२ बुँदे समझदारीमा हस्ताक्षर गर्ने सबै राजनीतिक दलहरु एकै ठाउँमा उभिने निर्णय गरेका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा मंगलबार बसेको सर्वदलीय बैठकमा सत्ता पक्ष र प्रतिपक्षमा रहेका ठूला राजनीतिक दलहरूले वर्तमान व्यवस्था जोगाउने सन्दर्भमा एक हुने निर्णय गरेका हुन् । परम्परागत एजेन्डा बोकेको राष्ट्रिय प्रजातन्त्र पार्टी, पछिल्लोपटक उदाएका नयाँ राजनीतिक दलहरू, पूर्वराजा ज्ञानेन्द्र शाह पक्षधरलगायत विभिन्न समूहहरूका गतिविधिप्रति त्रसित बनेका संघीयता, गणतन्त्र र धर्मनिरपेक्ष पक्षधरका राजनीतिक दलहरूले वर्तमान व्यवस्थामाथि चुनौती आएको भन्दै एकजुट हुन सर्वदलिय बैठक आह्वान गरेका हुन् । तर, जनस्तरमा भने यिनै पुरानै राजनीतिक दलका गतिविधि र तौर तरिकाका कारण…

Read More

नेपालीको दोस्रो ठुलो चाड तिहार नजिकिँदै गर्दा दैनिक उपभोग्य सामग्रीको मूल्यमा तीव्र वृद्धि भएको छ । सरकारका सम्बिन्धत निकायहरूले प्रभावकारी काम र अनुगमन गर्न नसक्दा दाल, चामल, पिठोलगायत दैनिक उपभोग्य सामग्री अस्वाभाविक रूपले महंगिदा उपभोक्ताको चुलो बल्न कठिन देखिएको छ । राष्ट्रिय उपभोक्ता मञ्च्चका केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जनले सरकार तस्कर, कालोबजारी र बिचौलियाको हातमा बिकेको हुनाले बजारमा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि भएको आरोप लगाउनुभयो । अहिलेको मुल्यवृद्धि अप्राकृतिक भएको दाबी गर्दै उहाँले सरकारले चाहने हो भने तत्काल मूल्य नियन्त्रण हुने धारणा राख्नुभयो । अघिल्लो वर्ष एक किलोग्रामको १ सय ८० रुपियाँ पाइने रहरको दालको मूल्य २ सय ९० रुपियाँ पुगेको…

Read More

२१ कात्तिक, जनकपुरधाम । ‘म सभामुख थिएँ । गाउँ गएको बेला खल्तीबाट ५० हजार रुपैयाँ काटिदियो । मुख्यमन्त्री भएर विजय जुलुसमा गएको थिएँ । खल्तीबाट पैसा चोरी भयो ।मुख्यमन्त्रीको खल्तीबाट पैसा चोरियो भने त्यहाँको सुरक्षा कति बलियो छ ?’ १७ वैशाखमा मिटरब्याज जाँचबुझ आयोगको कार्यालयको उद्घाटन गर्न आएका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले सुनाए । उनले अगाडि भने, ‘प्रदेश सरकार मुकदर्शक बनेर बसेको छ । प्रदेश सरकारलाई प्रहरी समायोजन अति आवश्यक भइसक्यो ।’तर अहिलेसम्म प्रहरी समायोजन प्रक्रिया अघि बढ्न सकेको छैन । संघीय सरकारले प्रहरी समायोजन ऐन नबनाउँदै मधेश सरकारले आफ्नै प्रहरी भर्ना गर्ने उद्देश्यसहित प्रदेश…

Read More